वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन्।
अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले शुक्रबार दिउँसो सामाजिक सन्जालमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन्।
उनले कोरोना संक्रमण हुनबाट जोगिन नसकेको भन्दै दुर्भाग्यबस संक्रमित हुनुपरेकाे बताएका छन्।
उनले हाल आफ्नै घरमा आइसोलेसनमा बसेको जानकारी दिएका छन्।