एसिडले भतभती पाेलिरहेकाे छ उनकाे मन

उनी शैयामा पल्टिरहेकी थिइन्, एकोहोरो टोलाइरहेकी थिइन्। उनको वरपर मान्छे आउजाउ गरिरहेका थिए, उनलाई टुलुटुलु हेरिरहेका छन्। अलि पर गएपछि साउती पनि गर्छन्। यी सबै कुराको उनलाई ख्याल छ तर उनी मौन छिन्।

बाहिर देखिएजस्तै उनको मन यति शान्त कहाँ छ र ! भतभती पोलिरहेको छ, ज्वाला बलिरहेको छ। मनमा आइरहन्छ, ‘एक साता अगाडि जे भयो त्यो नहुँदो हो त !’

उनी हुन् २२ वर्षिया पवित्रा कार्की, उनीमाथि एक साता अगाडि एसिड छ्यापिएको थियो। त्यही दिनदेखि उनी कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार गराइरहेकी छन्। त्यो दिनदेखि उनको जिन्दगी अर्कै भएको छ।

ओखलढुंगा घर भएकी कार्कीलाई काठमाडौँमा चिन्ने थोरै मानिसको समूह छ, तर एक सातादेखि उनी धेरैको आँखामा परिन्। त्यसै दिनदेखि उनको बाबा आमाले दिएको परिचय भन्दा अर्को उपमा चर्चित भयो, ‘एसिड पीडित’। एकाएक सबैको चासोको केन्द्र बनेकी पवित्राले अस्पतालमा उपचारको क्रममा चिन्दै नचिनेका कयौँ मानिसहरु भेटिन्।

मिडिया, सहयोग गर्ने संगठन, अधिकारकर्मी को को !

यी सबैको भेटले उनको उपचार त सहज भइरहेको छ तर मनमा अझै गड्दै छ की ‘चोट कति गहिरो छ, कति गम्भीर छ।’

प्रकाशित मिति: : 2020-07-31 16:53:40

प्रतिकृया दिनुहोस्