यसरी रोकियो सरकारी मिलेमतोमै चिनीको आपूर्ति

रातोपाटी

काठमाडौं

 

प्रयास श्रेष्ठ 

 दैनिक उपभोग्य वस्तु चिनीको मूल्य अस्वाभाविक रुपमा बढ्न थालेको छ । केही दिन अघिसम्म बजारमा ७०–७२ रुपैयाँ प्रतिकेजीमा पाइने चिनीको मूल्यमा एकैपटक २०–३० रुपैयाँले वृद्धि भएर एक सयको हाराहारीमा पुगेको हो ।

हाल बजारमा चिनीको मूल्य अधिकतम् ९० देखि ९५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ । बजारको माग अनुरुप चिनीको आपूर्ति नभएको र स्टक समेत रित्तिएको जनाउँदै व्यवसायीहरु महँगोमा चिनी आपूर्ति गर्नुपर्दा केही मूल्यवृद्धि गर्नुपरेको बताउँछन् ।

यतिखेर व्यवसायीहरुले अभावलाई देखाएर बजारमा आफुखुशी चिनीको मूल्य निर्धारण गरिरहेका छन् । खुद्रा बजारमा व्यापारीहरुले चिनीको मूल्य प्रतिकेजी ८५ रुपैयाँदेखि अधिकतम् ९०–९५ रुपैयाँसम्म लिइरहेका छन् ।

प्रकाशित मिति: : 2020-07-29 11:55:08

प्रतिकृया दिनुहोस्