'भ्यालु बेस्ड बैङ्किङ हाम्रो प्राथमिकता हो, अल्पकालीन प्रतिस्पर्धाको पछाडि लाग्दैनौं'

रातोपाटी

काठमाडौँ

चार महिना लामो लकडाउन पछि बजारमा चहलपहल सुरु भएको छ । कोरोनाभाइरसको विश्व महामारीले विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष असरसँगै नेपालको अर्थतन्त्र पनि अहिलेसम्मकै खराव अवस्थामा पुगेको अनुमान गरिएको छ । महामारीबाट राम्रो पाठ सिकेर नेपालका बैङ्क, वित्तीय संस्था र लगानीकर्ताहरुलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न नेपाल सरकार र राष्ट्र बैङ्कले प्रोत्साहन गर्दै आइरहेको छ । यस्तो अवस्थामा नेपालका बाणिज्य बैङ्कहरु के गर्दै छन् ? ग्राहक तथा लगानीकर्ताका लागि कस्ता योजना ल्याएका छन् ? लकडाउनले थला परेको अर्थव्यवस्थामा कसरी योगदान गर्दै छन् ? आ.व.२०७६/७७ कस्तो रह्यो ? त्यसैगरी, राष्ट्र बैङ्कले भर्खरै सार्वजनिक गरेको मौद्रिक नीतिबारे बैङ्कको धारणालगायतका विषयमा एनएमबि बैङ्कका प्रमुख कार्यकारी अधिकृतसुनिल केसीसँग रातोपाटीका लागिटुना भट्ट र शंकर अर्यालले गरेको अन्तर्वार्ता ।

–चार महिनाको लकडाउन खुलेर अहिले अवस्था सामान्य बन्दैछ । एउटा जिम्मेवार बैङ्कको कार्यकारी प्रमुखको रुपमा यो अवधिमा तपाइँको अनुभव कस्तो रह्यो ?

यो चार महिना लामो भोगाई अलि फरक खालको रह्यो । ३०/३५ वर्षको बैंकिङ्ग करियरमा नै नभोगेको विषम परिस्थितिको सामना गर्नु पर्याे । यो निकै अन्यौलको अवस्था रह्यो । सुरुमा रेमिट्यान्स घट्ने ठूला आशंका गरिएको थियो । त्यसो तर हुन पाएन । त्यो आशंकासँगै डिपोजिट पनि घट्छ कि भन्ने थियो । नेपालका लागि त्यति खराब स्थितिको सामना गर्नु परेको थिएन । महामारी चीनबाट विकसित देशहरु हुँदै नेपालसम्म आएकाले ती देशको अनुभवलाई हामीले हेर्ने मौका पायौं ।

प्रकाशित मिति: : 2020-07-28 12:51:48

प्रतिकृया दिनुहोस्