'भात खान काठमाडौं आएको थिएँ, अहिले त्यही भात खान हुँदैन'

सेतोपाटी

काठमाडौँ

सबिना श्रेष्ठ

लकडाउनमा खुसी हुने विरलै व्यापारीमध्ये एक हुन्, राजेन्द्र केसी।

काठमाडौं, यट्खास्थित श्री कन्या माध्यमिक विद्यालयको ठ्याक्कै अगाडि छ उनको मिठाई पसल। ५५ वर्षीय राजेन्द्रलाई अहिलेको व्यापारबारे सोध्दा जवाफ दिए, 'बरू लकडाउनमै राम्रो व्यापार थियो। अहिले त त्यो बेला जस्तो हुन्न।'

कसरी नि?

'सबै व्यापारीले डराएर पसल बन्द गरे, हामीले गरेनौं,' उनले सोझो जवाफ दिए, 'अन्त नखुलेपछि सबै ग्राहक हाम्रा भए।'

प्रकाशित मिति: : 2020-07-26 16:11:04

प्रतिकृया दिनुहोस्