इमिरेट्सले आफ्नो विमानबाट यात्रा गर्नेलाई कोरोना भए उपचारको खर्च बेहोर्ने

युनाइटेड अरब इमिरेट्स (युएई) को विमान इमिरेट्सले आफ्नो विमानबाट यात्रा गर्ने कुनै यात्रु कोरोनाबाट संक्रमित भए उपचारको सबै पैसा खर्च गर्ने बताएको छ।

उसले बिहीबार यसको घोषणा गर्दै यदी आफ्नो विमानबाट यात्रा गर्ने कसैलाई कोरोना संक्रमण भए टिकटको पैसा पनि नलिने बताएको छ।

यसबाहेक १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने यात्रुको खर्च पनि आफैंले उठाउने बताएको छ। यो सुविधा सबै क्लासमा यात्रा गर्ने यात्रुका लागि हुनेछ। यस्तो घोषणा गर्ने इमिरेट्स पहिलो विमान कम्पनी हो।

यो नियम ३१ अक्टुबरदेखि लागू हुने बताइएको छ। यस्तो निर्णय लिनुको पछाडि मानिसहरू नडराई विमानमा यात्रा गर्नु रहेको कम्पनीले बताएको छ। 

युएईमा हालसम्म ५७ हजार ९ सय ८८ जना संक्रमित भेटिएका छन्, जसमा ३ सय ४२ जनाको मात्र निधन भएको छ। ५० हजार ८ सय ४८ जना पूर्ण रूपमा स्वास्थ्य भएको यहाँको स्वास्थ्य विमागले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-24 09:32:36

प्रतिकृया दिनुहोस्