प्रत्येक नेपालीको टाउकोमा ४६ हजार ऋण, ४ महिनामै बढ्यो ७ हजार

काठमाडौं । सरकारले प्रत्येक वर्ष बजेट खर्चको स्रोतस्वरुप सार्वजनिक ऋण लिने गर्दछ । सरकारको राजस्व स्रोत र वैदेशिक अनुदानबाट अपुग हुने विनियोजनका लागि आवश्यक रकम आन्तरिक र वैदेशिक ऋणबाट बेहोरिन्छ । हरेक वर्ष अर्थमन्त्रीले बजेट विनियोजनका क्रममा स्रोतका रुपमा परिचालन हुने सार्वजनिक ऋणको अनुमान पेस गर्छन् । आर्थिक वर्ष २०७६–७७ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले करिब ५ खर्ब सार्वजनिक ऋण उठाउने घोषणा गरे । 

आव २०७७–७८ को बजेटमा त त्योभन्दा पनि बढी अर्थात् सवा ५ खर्ब रुपैयाँ सार्वजनिक ऋण लिने उल्लेख छ । गत आर्थिक वर्ष सरकारले लक्ष्यअनुसार सार्वजनिक ऋण उठाउन त सकेन तर तिर्न बाँकी ऋण अहिलेसम्मकै बढी दरले बढेको छ । १ वर्षमा सरकारले तिर्न बाँकी आन्तरिक र वैदेशिक ऋण साढे ३ खर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: : 2020-07-23 21:10:12

प्रतिकृया दिनुहोस्