अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ। १२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभको पछिल्लाे रिपाेर्ट नेगेटिभ आएकाे हाे।
यद्यपि, उनी अझैं एक–दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने छ।
यता अमिताभका छोरा अभिषेक बच्चनको सबै रिपोर्ट नेगेटिभ आएको छ। उनलाई बिहिबार बेलुकीसम्म डिस्चार्ज गरिने सम्भावना छ।
अमिताभ र उनका छोरा अभिषेक बाहेक ऐश्वर्या राय र आराध्या पनि कोरोना पोजेटिभ पाइएका थिए।
उनीहरुको नानावटी अस्पतालमा उपचार चलिरहेको छ। बुधबार चारैजनाको काेराेना परीक्षण गरिएको थियो।
अहिलेसम्म ऐश्वर्या र आराध्याको रिपोर्ट आइसकेको छैन।