लकडाउनमा नै पढ्नका लागि भारतबाट नेपाल : कोरोना पोजेटिभ देखिएपछि वीरगंजबाटै भागेर कोलकाता!

राधेश्याम पटेल

वीरगंजमा शनिवार राति कोरोना पुष्टि भएका एक २६ वर्षीय युवक आइसोलेसनमा बस्नुपर्ने 'डर'ले भागेर भारतीय राज्य पश्चिम बंगालको कोलकाता पुगेको खुलेको छ।

नेशनल मेडिकल कलेजको एमबीबीएस पाँचौँ वर्षमा अध्ययनरत युवक आइसोलेसन वार्डमा बस्नुपर्ने डरको कारण ६ जना साथीसहित भागेर कोलकाता पुगेको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले जानकारी गराए।

‘नेशनल मेडिकल कलेजमा स्वाब सङ्कलन भई नारायणी अस्पतालमा नमुना परीक्षण भएर कोरोना पोजेटिभ देखिएको थियो। उनी अहिले कोलकाता पुगेका छन्। उनको रिपोर्ट पोजेटिभ आएसँगै उनलाई सम्पर्क गर्ने कोसिस गरिरह्यौं। रिपोर्ट आएको ३६ घण्टापछि उनी घरमा पुगेको परिवारजनबाट थाहा पाएका हौं,’ निर्देशक अन्सारीले भने।

प्रकाशित मिति: : 2020-07-21 11:19:23

प्रतिकृया दिनुहोस्