अहिले सामाजिक सञ्जालमा आएको राष्ट्रवाद भड्काउ राष्ट्रवाद हो : पुरुषोत्तम बस्नेतसँगको अन्तरवार्ता
नेपाली राजनीतिको औपचारिक संरचना, लोकतन्त्रको संसदीय सिद्धान्त र मान्यताका विचारक विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ३८औँ स्मृति दिवस मनाइँदैछ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपी कोइरालाको नेपाली साहित्यमा पनि विशिष्ट योगदान छ । प्रस्तुत छ, बीपीलाई लामो समय नजिकबाट नियालेका काँग्रेसका पुराना नेतापुरुषोत्तम बस्नेतसँग राष्ट्रियता र समाजवादका सन्दर्भमा बीपीको नीतिका विषयमा गरिएको कुराकानी –
मुलुकको राजनीतिमा बीपीले गर्नुभएको योगदानको कसरी मूल्याङ्कन गरिनुपर्छ ?
उहाँले विकास निर्माणका काम गर्नुभयो । जनता जनता माझको भेदभावलाई हटाउनुभयो । मुख्यतः राष्ट्रियतालाई कसरी बलियो पार्ने, नेपाललाई सक्षम र समुन्नत राष्ट्र कसरी बनाउने भन्नेमा उहाँ बढी केन्द्रित हुनुभयो । नेपालको राष्ट्रिय स्थिति कमजोर अवस्थामा थियो । २००७ सालको क्रान्तिपछि पनि, प्रधानमन्त्री हुँदा पनि त्यही कुरामा उहाँले बढी ध्यान दिनुभयो ।