जनवरीदेखि नेपालमा चीन र भारतका पर्यटकको ताँती लाग्छ : पवन गोल्यान (अन्तर्वार्ता)

पवन गोल्यान एक यस्ता व्यवसायी हुन्, जसले ट्रेडिङलाई वास्ता गर्दैनन्। ट्रेडिङ सानो लगानीमा उच्च प्रतिफल दिने व्यवसाय भए पनि उनले देशलाई पनि सहयोग हुने र नेपालीहरुले पनि रोजगारी पाउने भएकोले उत्पादनमूलक उद्योगमा ध्यान दिँदै आएका छन्। पछिल्लो समय कृषि र पर्यटनमा समेत हात हालेका उनी नेपालका स्तरीय उद्योगीको रुपमा परिचित छन्। उनै गोल्यानसँग कोभिड १९ ले पारेको प्रभाव र अबको सम्भावना विषयमा केन्द्रित रहेर नेपालखबरले गरेको वार्ताः

कोरोनाले चौतर्फी प्रभाव परेको छ, कसरी हेर्नुभएकाे छ?
सबैभन्दा ठूलो प्रभाव त हातमुख जोर्ने, त्यसको लागि दैनिक काम गर्ने र दैनिक जीविकोपाजर्ननको लागि व्यवसाय गर्नेहरुलाई परेको छ। किसानहरु पनि यसबाट मारमा परेका छन्। किनभने बालीनाली तथा तरकारीहरु कुहिए। मूल्य पाएनन्। गरेको परिश्रम खेर गयो। त्यसले उनीहरुलाई समस्या परेको हो। साथै उनीहरु खुलेर बानीनालीहरु पनि लगाउन सकिरहेका छैनन्। तिनीहरुको प्रभाव अबको दिनमा देखिनेछ। अर्को कुरा के हो भने मौद्रिक नीतिले ऋणको भाका सारेको छ। त्यसको प्रभाव भने बैंक तथा वित्तीय संस्थामा देखिनेछ। अबको दिनमा थाहा हुन्छ।

अहिले हामी नेपालमा कति संक्रमण भयो र कति जनाको मृत्यु भयो भनेर कोरोनाको प्रभावलाई दाँज्ने कुरा हुन्छ भने त्यो गलत हुन्छ। अन्य देशको तुलनामा नेपाललाई पनि ठूलै घाटा परेको छ। मान्छे मर्नु पनि घाटा हो। हुन त अन्य देशको तुलनामा नेपालमा एकदमै कम मृत्यु भएको छ तर एक जनाको मृत्यु हुनु पनि ठूलो क्षति नै हो। तर अहिले भित्री तथ्याङ्क के आइरहेको छ भने कोरोनाको कारण लकडाउन भयो। त्यसले आफ्नो स्थिति कमजोर बनाउँदा १५ सय/दुई हजार जनाले आत्महत्या गरे भन्ने कुराहरु पनि आइरहेका छन्। त्यो कुरा साँचो हो भने हामीलाई अर्थतन्त्रमा कति प्रभाव भएको रहेछ भनेर सजिलै अनुमान गर्न सक्छौँ।

प्रकाशित मिति: : 2020-07-20 15:35:03

प्रतिकृया दिनुहोस्