अयोध्या प्रकरणः पहिलो पटक नेपाल–भारतको जनस्तरमा अविश्वास

रातोपाटी

काठमाडौँ

नेपाल र भारत बीचको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा सामेल गरेपछि नेपालले भारतसामु असहमति जनाएको थियो । सीमा समस्या समाधानका लागि नेपालले वार्ताका लागि प्रस्ताव गरे पनि भारतले कोरोना संक्रमण साम्य भएपछि वार्तामा बस्ने भन्दै मामिलालाई पन्छाउने प्रयासमात्र गरेन, लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक उद्घाटन गरेर परिस्थितिलाई थप जटिल बनायो । त्यसपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भू–भागलाई समेटेर संशोधित नक्सा जारी गर्नुका साथै उक्त नक्सालाई संविधानकै अनुसूचीमा सामेल गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको हो ।

त्यसअघि नेपालमा संविधान जारी गर्दा भारतले केही असहमति प्रकट गरेको थियो । संविधानप्रति असहमति जनाउँदै तराई–मधेसमा भएको आन्दोलनलाई भारतले समर्थनमात्र जनाएन, नेपालमाथि नाकाबन्दीसमेत ग¥यो । त्यतिबेला पनि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो ।

प्रकाशित मिति: : 2020-07-19 10:31:08

प्रतिकृया दिनुहोस्