बेन्जिमा र कोर्टुवा ‘प्लेयर अफ दि मन्थ’

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा र गोलकिपर थिबाउट कोर्टुवाले ‘प्लेयर अफ दि मन्थ’ अवार्ड पाएका छन्।

ला लिगामा बेन्जिमा जुन महिना र कोर्टुवा जनवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै ‘प्लेयर अफ दि मन्थ’ पाएका हुन्।

मड्रिडले एक खेल अगाबै ला लिगाको उपाधि जितिसकेको छ।

मड्रिडलाई ला लिगाको उपाधि दिलाउन बेन्जिमा र कोर्टुवाले उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस सिजन मड्रिडका लागि बेन्जिमाले २१ गोल गरिसकेका छन्। उनी सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा रहेका छन्।

बेन्जिमा भन्दा अघि लियोनल मेसी रहेका छन्। उनको २३ गोल छ।

प्रकाशित मिति: : 2020-07-18 16:27:13

प्रतिकृया दिनुहोस्