ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

अमिताभ र अभिषेकपछि ऐश्वर्य राय बच्चन पनि आफ्नो छोरीसँगै शुक्रबार राती अस्पताल भर्ना भएकी छिन्। 

कोरोना संक्रमणका कारण बलिउडका महानायक अमिताभ र उनका छोरा अभिषेक एक साताअघि मुम्बईको नानावटी अस्पताल भर्ना भएका थिए। 

ऐश्वर्या र आराध्या बिरामी भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको पारिवारीक श्रोतले भारतीय अखबारहरूलाई बताएका छन्। 

शुक्रबार लगभग साँझ ६ बजे पहिले आराध्यालाई अस्पताल भर्ना गरिएको थियो। लगत्तै राती साढे आठ बजे ऐश्वर्या पनि भर्ना भएकी थिइन्। 

ऐश्वर्यालाई स्वास लिन अफ्ठेरो परेको बताइएको छ। अस्पताल प्रशासनले उनको सिटी स्क्यान गरिएको जानकारी दिएको थियो। अमिताभ र अभिषेक ११ जुलाईमा अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति: : 2020-07-18 06:17:06

प्रतिकृया दिनुहोस्