१० खेलाडीमा सिमित ओसासुनासँग बार्सिलोना पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा दाेस्राे स्थानमा रहेकाे बार्सिलोना पराजित भएको छ।

घरेलु मैदानमा भएकाे खेलमा बार्सिलोना ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो।

खेलकाे १५ औं मिनेटमा जोसे अर्न्नेजले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए।

६२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए।

खेलको ७७ औं मिनेटमा एन्रिक गाल्लेगोले रातो कार्ड पाउँदा ओसासुना १० खेलाडीमा समेटिएको थियो। 

तर, खेलको इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गर्दै ओसासुनालाई २-१ को जित दिलाए।

यो हारसँगै बार्सिलोना च्याम्पियन रियल मड्रिड भन्दा ७ अंकले पछि परेको छ।

बार्सिलोनाले ३७ खेलमा ७९ अंक जोडेको छ। रियलको ८६ अंक रहेको छ। ५१ अंक जोडेको ओसासुना ११ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-17 06:13:39

प्रतिकृया दिनुहोस्