३४ औं पटक मड्रिडले उचाल्याे ला लिगाको उपाधि

 रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको यस सिजनको उपाधि जितेको छ।

बिहीबार राति भएको खेलमा भिल्ला मड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै मड्रिडले एक खेल अगाबै ३४ औं पटक लिगको उपाधि जितेको हो।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा मड्रिडलाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे। भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए।

२९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए। 

खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै मड्रिडलाई २-० को अग्रता दिलाए। खेलको ८३ औं मिनेटमा भिल्लाका इबोर्राले एक गोल फर्काएपनि मड्रिड२-१ ले विजयी भयो।

यस्तै खेलको इन्जुरी समयमा मड्रिडका मार्कुस एसेन्सियोले गोल गरेका थिए। तर, भीएआरले उनको गोललाई रेफ्रीले मान्यता दिएन।

भिल्लामाथिको जितसँगै मड्रिडले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो। मड्रिडसर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो।

यस्तै मड्रिडले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो। यस अघि सन् २०१६/१७ को सिजन मड्रिडले उपाधि जितेको थियो।

मड्रिडले ३७ खेलमा ८६ अंक जोडेको छ। बार्सिलोनाको ७९ अंक रहेको छ। ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ।

 

प्रकाशित मिति: : 2020-07-17 05:55:37

प्रतिकृया दिनुहोस्