प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेले १ महिनाभित्र आवेदन दिनुपर्ने

चालु आर्थिक वर्ष २०७७/०७८ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुले १ महिनाभित्र आवेदन दिइसक्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

आवेदन साउन ८ देखि भदौ ७ गतेसम्म रोजगार सेवा केन्द्रमा दिइसक्नुपर्ने जनाइएकाे छ । सरकारले चालु आवकाे प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ । 

यस कार्यक्रमअन्तर्गत २ लाख अति विपन्न बेरोजगार युवाहरुलाई न्यूनतम १०० दिनका रोजगारी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: : 2020-07-16 12:56:41

प्रतिकृया दिनुहोस्