लकडाउनमा बल्लतल्ल भेटिएका जोडीको प्रेमगीत

सेतोपाटी

काठमाडौँ

सबिना श्रेष्ठ

लकडाउनले थुप्रै दिन फोनमा गफिएर चित्त बुझाएका प्रेमी–प्रेमिकाको बल्लतल्ल भेट हुन्छ।

महामारीको जोखिम भएकाले उनीहरूको भेट पहिलेजस्तो सामान्य छैन। केटी आउनेबित्तिकै फर्किन हतारिन्छे। केटा भने छुट्टिन चाहँदैन।

धेरै समयपछि भेट भएकी प्रेमिकाको हतार देखेर ऊ व्यथीत हुन्छ। उसलाई माया देखाएर फकाउँछ। उसको हात समात्छ। लकडाउनभरि आफू कसरी उसको यादमा तड्पेको थिएँ भनेर बयान गर्छ, 'तेज हावाको झोँका होस् वा अविरल झरी, तिमी मलाई छाडेर नजाऊ मैचा।'

ऊ अगाडि भन्छ- 'बादल बीचमा तिमीलाई नै खोजिरहेँ, देखे चन्द्रझैं उज्यालो तिम्रो मन। त्यसैले तिमी मेरो नजिक बस न मैचा।'

प्रकाशित मिति: : 2020-07-16 08:43:07

प्रतिकृया दिनुहोस्