अस्पतालकै संलग्नतामा यसरी गरियो मिर्गौलाको किनबेचदेखि प्रत्यारोपणसम्मको सेटिङ

रातोपाटी

काठमाडौँ

 

मदन ढुङ्गाना

गत शनिवार अर्थात् असार २७ गते मानव बेचविखन नियन्त्रण ब्यूरोको एक टोली चितवनस्थित सिएमएस अर्थात् कलेज अफ मेडिकल साइन्सेजको हातामा पुग्यो । डिएसपीको कमाण्डमा गएको टोलीले चितवनबाट कलेजका सिइओ डाक्टर सुप्रभात श्रेष्ठ, कलेजमै कार्यरत अर्का डाक्टर बालकृष्ण कालाखेती, कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई ब्यूरोको टोलीले चितवनबाट पक्राउ गर्यो ।

यता शनिवार नै काठमाडौँबाट डिएसपीकै नेतृत्वमा गएको अर्को टोलीले वरिष्ठ नेफ्रोलोजी सर्जन डाक्टर राकेश कुमार वर्मा सहित ८ जनालाई पक्राउ गरी ब्यूरोको कार्यालयमा ल्यायो । एकैदिन १२ जना व्यक्तिलाई पक्राउ गर्नुको कारण थियो – जालसाजी गरी मिर्गौलाको किनबेच र प्रत्यारोपण गरिएको । कलेज अफ मेडिकल साइन्सेज सिएमएसमा २०७६ साल जेठ २७ गते गरिएको मिर्गौला प्रत्यारोपणमा गडबडी पाइएपछि मानव वेचविखन नियन्त्रण ब्यूरोको टोलीले त्यसबारे छानबिन थालेको थियो । गएको कात्तिक महिनामा आएको एउटा उजुरीबाट थालिएको छानबिन ८ महिनापछि निचोडमा पुग्यो कि मिर्गौला प्रत्यारोपणमा खेलबाड भएको छ । त्यसै आधारमा प्रहरीको उक्त ब्यूरोले एकैदिन १२ जनालाई पक्राउ गर्यो ।

प्रकाशित मिति: : 2020-07-16 08:33:20

प्रतिकृया दिनुहोस्