टोटेनह्यामसँग न्युकासल पराजित, अर्काे खेलमा बर्नलीले उल्भ्सलाई बराबरीमा राेक्याे

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा टोटेनह्याम न्युकासल युनाइटेडलाई पराजित गरेको छ।

पाहुना टाेलि टोटेनह्यामले न्युकासललाई उसैकाे मैदानमा १-३ गोल अन्तरले पराजित गरेकाे हाे।

टोटेनह्यामकाे जितमा ह्यारी केनले दुई गोल गरे। यस्तै सन ह्युङ मिनले एक गोल गरे। न्युकासलका म्याट रिट्चीले एक गोल फर्काए।

खेलकाे २७ औँ मिनेटमा नै सनले गाेल गर्दै पहिलाे पहिलाे हाफ टोटेनह्यामलाई ०– १ गाेलकाे अग्रता दिलाएका थिए।

दाेस्राे हाफकाे ५६ ‌औँ मिनेटमा घरेलु टाेलि न्युकासलले बराबरी गाेल फर्कायाे। उसका लागि रिट्चीले एक गोल गरे।

तर केनले ६० र ९० औँ मिनेटमा गाेल गर्दै टोटेनह्यामलाई १–३ गाेल अन्तरले विजयी बनाए। साताैं स्थानमा रहेकाे टोटेनह्यामले ३६ खेलबाट ५५ अंक बनाएकाे छ। यता पराजित न्युकासलकाे समान खेलबाट ४३ अंक छ। न्युकासल १३ औँ स्थानमा छ।

त्यस्तै अर्काे खेलमा बर्नलीले छाैठाैँ स्थानमा रहेकाे उल्भ्स १-१ गोलको बराबरीमा राेकेकाे छ। उल्भसकाे ३६ खेलबाट ५६ अंक छ भने  बर्नलीकाे समान खेलबाट ५१ अंक छ। 

प्रकाशित मिति: : 2020-07-16 05:53:08

प्रतिकृया दिनुहोस्