कतार विश्वकप फुटबल–२०२२ काे खेल तालिका सार्वजनिक

 फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०२२ कतारमा आयाेजना हुने विश्वकप फुटबलकाे तालिका सार्वजनिक गरेकाे छ। 

बुधबार सार्वजनिक तालिका अनुसार नोभेम्बर २१ बाट विश्वकप सुरु हुनेछ।

उद्घाटन खेल अल बायट स्टेडियममा हुनेछ। यस्तै विश्वकपको फाइनल लुसेल स्टेडियममा डिसेम्बर १८ मा हुने भएकाे छ।

FIFA World Cup Qatar 2022 Match Schedule

फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो। तर, कतार विश्वकप भने जाडो मौषममा आयोजना हुनेछ। 

जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण फिफाले विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो।  

विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्। सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति: : 2020-07-15 19:46:37

प्रतिकृया दिनुहोस्