च्याम्पियन्स लिग खेल्ने चेल्सीकाे सम्भावना कायमै

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा तेस्रो स्थानमा रहेकाे चेल्सीले नर्विच सिटीलाई हराएको छ।

लण्डन क्लब चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो। उसका लागि एकमात्रै गाेल  ओलिभर जिराउडले गरेका थिए।

पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन्।

उनले दायाँबाट क्रिस्टियन पुलिसिकले दिएकाे क्रस पासलाई‍ हेडमार्फत पोस्टको दिशा दिए।

 

चेल्सीलाई पछिल्लो जितले ठूलो राहत दिलाएको छ। याे जितले चेल्सीले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ।

चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसँग ४ अंकको अग्रता लिएको छ। चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ।

चेल्सीको ३६ खेलबाट ६३ अंक छ। अर्को सिजन रेलिगेशनमा परेको नर्विचको २१ अंक छ।

प्रकाशित मिति: : 2020-07-15 05:36:37

प्रतिकृया दिनुहोस्