व्यवस्थापन संघद्वारा गभर्नरलाई मौद्रिक नीतिमा समावेश गर्न सुझाव प्रतिवेदन हस्तान्तरण 

नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष ०७७÷७८ को नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पु¥याउने उद्देश्यले अनलाइनमार्फत् आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन आज गर्वनरलाई हस्तान्तरण गरेको छ । 

नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा छलफल गर्न अनलाइनमार्फत् नै असार ५ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, प्रशासक, वित्त विज्ञ र सरोकारवालाहरुसंग छलफल चलाई थप परामर्शबाट तयार पारिएको प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको हो । 
व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल राष्ट्रबैंकका पूर्र्व कार्यकारी निर्देशक नरबहादुर थापाको कार्यपत्रमा आधारित विषयगत छलफल र यसमा निजी क्षेत्र र विज्ञहरुका सुझावलाई समेटर तयार पारिएको परिस्कृत प्रतिवेदन नेपाल राष्ट्र बैंकका गवर्नरलाई हस्तान्तरण गरिएको जानकारी दिए । 

श्रेष्ठका अनुसार, पेश गरिएको प्रतिवेदनमा वर्तमान अवस्थामा निजी क्षेत्र संगै बैंक तथा वित्तिय संस्थाले भोगिरहेका समस्याहरु र तिनिहरुको उपयुक्त समाधानका लागि सहजीकरण गर्ने गरी आगामी ०७७÷०७८ को मौद्रिक नीति केन्द्रित हुनुपर्ने विषयवस्तुहरु समेटिएको वताए ।  

यसैगरी आगामि मौद्रिक नीतिले समेट्न पर्ने थप विषय, आवश्यकता, कार्यान्वयन पक्ष र चुनौतीहरुलाई समेत प्रतिवेदनमा समावेस गरिएको श्रेष्ठले जानकारी गराए । 
मौद्रिक नीति हस्तान्तरण कार्यक्रममा नेपाल व्यवस्थापन संघका सभापति किरणकुमार श्रेष्ठसहित संघका उप सभापति तथा आईएमई समूहका प्रमुख कार्यकारी सुमन पोखरेल, नेपाल व्यवस्थापन संघका कोषाध्यक्ष अनु जोशी र कार्यकारी निर्देशक अनिल उपाध्याय सहभागी थिए ।  

प्रतिवेदन ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवस्थापन संघजस्तो व्यवस्थापकहरुको छाता संगठनले उपलब्ध गराएका सुझावहरुलाई आगामी मौद्रिक नीतिमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हरेक बर्ष संघले मौद्रिक नीतिमा विज्ञहरुसंग छलफल चलाई नेपाल राष्ट्र बैंकलाइ सुझाव बुझाउँदै आएको छ ।

प्रकाशित मिति: : 2020-07-08 08:36:07

प्रतिकृया दिनुहोस्