भारतीय रेल्वेलाई कारोनाका कारण २४ हजार ७१७ करोड रुपैयाँ क्षति

कोरोना संक्रमणका कारण भारतीय रेल्वेलाई २४ हजार ७ सय १७ करोड रुपैयाँको क्षति बेहोर्नु परेको छ। 

सरकारी तथ्यांक अनुसार १८ हजार ३ सय ९९ करोड रुपैयाँ यात्रु ट्रेनले घाटा बेहोर्नु परेको छ भने ६ हजार ३ सय १८ करोड रुपैयाँ सामान बोक्ने ट्रेनबाट भएको छ। 

यात्रु बोक्ने ट्रेनको घाटा १२ अगस्टदेखिको हो। समान बोक्ने ट्रेन तीन महिनादेखि बन्द छ। समान बोक्ने ट्रेनमा विगतको तुलनामा २० प्रतिशतले घाटा भएको छ। 

यो भन्दा ठूलो यात्रु बोक्ने ट्रेनबाट भएको छ। जसमा ८६ प्रतिशत राजस्वमा कमि आउने बताइएको छ। हाल भारतमा २ सय ३० विशेष ट्रेन सञ्चालनमा छन्। 

रेल्वेले २२ मार्चमा १३ हजारभन्दा बढी ट्रेन रद्ध गरेको थियो, जुन १२ अगस्टसम्म सञ्चालनमा आएन। यद्धपि ८ हजार बढी सामान ढुवानी गर्ने ट्रेन सञ्चालनमा आइरहेको छ। 

भारतीय रेल्वेअन्तर्गत माल ढुवानी गर्ने ट्रेनको वार्षिक आय १ लाख २८ हजार ४ सय २२ करोड रुपैया अर्थात दैनिक ३ सय ५१ करोड रुपैयाँ हुने गर्छ। 

२२ मार्चदेखि १२ अगस्टसम्म १ सय ४४ दिनमा यात्रु ट्रेनबाट २१ हजार ९ सय ३९ करोड रुपैयाँ नोक्सानी अनुमानित गरिएको छ।

प्रकाशित मिति: : 2020-07-07 18:11:29

प्रतिकृया दिनुहोस्