शहरका घरमा फस्टाउँदो कौसी खेती: कति उचित, कति अनुचित ?

रातोपाटी

काठमाडौं

शम्भु दंगाल

कंक्रिटको जंगल बनेको शहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो शहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दूर्लभ र अपवाद जस्तै छ । तर पछिल्लो समय सहरका कौसी नै करेसाबारीको रुपमा हरियाली देखिन थालेको छ । कौसीमा रहेको सानो स्थानमा मानिसहरुले विभिन्न विधि प्रयोग गरेर तरकारीदेखि फलफूल समेत लगाउन थालेका छन् । 

भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन पनि हुने र सानो परिवारका लागि बेला–बेला आफैंले उत्पादन गरेको तरकारी पनि खान पाइने भएपछि शहरबासी कौसीखेतीतर्फ आकर्षित भएका हुन् । गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्र भएका घरधनीको यसतर्फ रुची बढेको छ ।

प्रकाशित मिति: : 2020-07-05 08:51:10

प्रतिकृया दिनुहोस्