मधु राई
हामीकहाँ जनचेतनाको कमी भएर फोहोरको दीगो र वैज्ञानिक व्यवस्थापन हुन नसकेको होइन संवेदनशील हुनुपर्ने विषयलाई अधिकांशले वेवास्ता गरेकाले यस्तो अव्यवस्था निम्तिएको हो ।
- घर र विद्यालयबाट निस्कने कागजजन्य फोहोर पुनः प्रयोग गरी शैक्षिक एवं सजावटका सामग्री बनाउन थालेको ठ्याक्कै एक दशक भयो।
- यसैगरी भान्साबाट निस्कने फोहोर जम्मा गरी जैविक मल बनाएर कौसी र करेसाबारीमा प्रयोग गर्न थालेको पनि पाँच वर्ष भइसकेको छ।
- सबै खालका फोहोर घरमै दिगो र वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न थाले यता फोहोर संकलन गर्न आउनेहरूलाई तिर्नुपर्ने मासिक शुल्क पनि बचत भएको छ।
- फोहोरको प्रकृति हेरी त्यसको व्यवस्थापन गर्न थालेपछि यससम्बन्धी अरू सीप सिक्ने अवसर प्राप्त हुँदै गएको छ।
- फोहोरबाट बनाइएको जैविक मल प्रयोग गरी उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ।
प्रकाशित मिति:
: 2020-07-02 07:39:24