रूकुम पश्चिमको चाैरजहारीमा मारिएका जाजरकोटका नवराज विकलाई सरकारले मरणाेपरान्त पुरस्कृत गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कार विकलाई दिने घोषणा गरेको हो। मन्त्रालयले विकलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय गरेको हो।
यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ। समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो। यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको छ।
मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामासमेत पुरस्कृत हुनेको नाम टुंगो लगाएको छ। मन्त्रालयले २०५१ सालदेखि विभिन्न विधामा राष्ट्रियस्तरका पुरस्कार प्रदान गर्दै आएको छ।
कसले कुन पुरस्कार पाए?