रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान एन ९५ मास्क सित्तैमा 

मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ । 

आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ। रिचाजर्रले  यही असार १६ गते मंगलबार दिउँसो २ बजे देखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तिमा १० बोत्तल भिटामिन सी युक्त डबल सी ब्रान्डको जुस अडर गर्नेहरुलाई निशुल्क मास्क उपलब्ध गराउने भएको हो । 

उक्त सेल अवधिमा जुस अर्डर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइण्ट भने रिडीम गर्नुपर्ने हुन्छ ।  रिचार्जरको मोबाईल एप डाउनलोड गरि खाता सञ्चालन गर्ना साथ एक हजार क्यास प्वाइण्ट पाईने रिचार्जरले जनाएको छ। साबिकका प्रोयोगकर्ताको हकमा खातामा सञ्चित रहेको क्यास प्वाइण्ट रिडीम गरेर जुस किन्दा मास्क निःशुल्क पाईने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाईडरले बताए।  

‘अहिले बजारमा १० ओटा मास्कको मूल्य नै एक हजार रुपैया भन्दा धेरै पर्छ। त्यही भएर थाईल्याण्डमा उत्पादित उच्च गुणस्तरको इम्युनिटि बुस्टर जुस किन्दा मास्क सित्तैमा दिन लागेका  हौं’ अलाईभ ग्लाइडरले भने। यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ। मोबाइल, ल्यापटप तथा इलेक्टोनिक ग्याजेटेस्हरु भने अर्डर गरेको २४ घण्टा भित्रमा डेलिभरी हुनेछ।  

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड १९ का सुरक्षा उपकरणहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ। 

जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट दिन्छ। यसरी उपलब्ध हुने क्यास प्यान्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ।

प्रकाशित मिति: : 2020-06-28 18:20:12

प्रतिकृया दिनुहोस्