चीन–भारत सीमा विवाद थप चर्किने संकेत, चिनियाँ सैनिकलाई प्रशिक्षण दिन मार्सल आर्टका प्रशिक्षक खटिए

चिनियाँ सरकारले भारतीय सीमामा खटिएका आफ्ना सैनिकहरुलाई मार्सल आर्ट सिकाउने भएकाे छ। त्यसका लागि सरकारले आफ्ना २० उत्कृष्ट प्रशिक्षक तिब्बतकाे पठारमा पठाउने भएको छ।

चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार ‘इनबो फाइट क्लब’का २० प्रशिक्षकहरु तिब्बतको राजधानी ल्हासामा बसेका छन्। तर, चिनियाँ सञ्चारमाध्यमले ती प्रशिक्षकले सैनिकलाई प्रशिक्षण दिएको वा दिइरहेको भन्ने कुरा पुष्टि गरेका छैनन्।

Military Training Pictures 21 - 1200 X 741 - WebComicms.Net

यता हङकङका सञ्चारमाध्यहरुले भने सेनालाई तालिम दिन मार्सल आर्टका प्रशिक्षक पठाइने सम्बन्धी खबर चीनको आधिकारिक सञ्चारमाध्यमले जुन २० मा प्रकाशित गरेको दावी गर्दै आएकाे छ।

तर हङकङका सञ्चारमाध्यहरुले पनि सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने खुलाएको छैन।

उनीहरु जुन १५ को राति भारतको पूर्व लद्दाखसँग सीमा जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय सैनिकसँग भएको भिडन्तपछि चीनले यो निर्णय लिएकाे हुनसक्ने जनाएका छन्। 

China to use martial art trainers after India border clash

सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो। चीनतर्फ पनि ४३ सैनिक मारिएकाे भारतीय सञ्चारमध्यमहरुले दावी गरेका छन्, तर चीनले अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन।

चीनको विदेश मन्त्रालयले गलवान उपत्यकाको स्वामित्व चीनसँग रहेको र भारतीय सेनाले सीमा नाघेकाले भिडन्त भएको बताएको थियो। त्यसको जवाफमा भारतको विदेश मन्त्रालयले भारतीय सेनाले कहिल्यै पनि वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गर्ने प्रयास नगरेको बताएको छ।

विवाद चर्किदै गएपछि दुबै देशका सरकारहरुले सीमा क्षेत्रमा सेनाहरुकाे संख्या भारि मात्रामा बढाएका छन्। भारत सरकारले त भिडन्तपछि अवस्था हेरेर हतियार प्रयोग गर्न सेनालाई निर्देशन दिएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंह र ३ वटै (हवाई, स्थल र जल सेना) सेना प्रमुखबीच बैठकमा नौसेनाका युद्दपोतहरु चीनसँग जोडिएका इलाकामा तैनाथ गर्न आदेश दिएका छन्। 

Chinese Army Soldiers Training, PLA Army men Push-up Training Pictures

यस्तै उनले चीनसँग जोडिएको सीमानामा तैनाथ अर्को भारतीय फोर्स आइटीबीपीले पनि आफ्ना सैनिकहरुलाई सतर्क रहन आदेश दिएको छ। त्यस्तै वायु सेनाले पनि हिमाञ्चल र उत्तराखण्डमा लडाकू जेट तैनाथ गर्न सुरु गरेको छ।

यता चिनियाँ सेनाले समुद्र सतहदेखि ४७०० मिटरको उचाईमा युद्ध अभ्यास तीव्र पारेको खुलेको छ। हिंसात्मक भिडन्तसँगै चिनियाँ जनमुक्ति सेनाको तिब्बत कमाण्डले सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ।

चिनियाँ जनमुक्ति सेनाले लामो दूरीको आर्टिलरी प्रणाली, जमनीबाट हावामा मार हान्ने मिसाइल सिस्टम, विशेष अप्रेटिभ फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रिक काउन्टरमर्स फोर्स, इन्जिनियरिङ तथा एन्टी केमिकल वारफेयरको युद्ध अभ्यास गरेको छ।

Chinese Teen Dies Following Row With Soldiers

यस्तै चिनियाँ सेनाले लामो दूरीको तोप, भू–हावा मिसाइल, विशेष अपरेटिभ फौज, इलेक्ट्रोनिक काउन्टरमेजर फोर्सलगायतका हातहतियार तैनाथ गरेको जनाएको छ। 

सन् १९९६ मा भएको सम्झौता अनुसार एलएसी क्षेत्रमा सुरक्षाका लागि खटिने दुवै तर्फका सैनिकले बन्दुक वा बिस्फोटक पदार्थ बोक्न पाउँदैनन्। तर बारम्बार याे सम्झैता उल्लंघन हुँदै आएकाे छ। 

४५ वर्षपछि भारत–चीन सीमामा सैनिकको ज्यान जाने गरी भएको भिडन्तपछि उत्कर्षमा पुगेको तनाव सैन्य तथा कूटनीतिक वार्ता मार्फत समाधान गर्नका लागि तत्पर रहेको दुवै पक्षले बताउँदै आएका छन्। तर, विवाद सुल्झिनुको सट्टा झन् बढेर गएको छ। चीनले लद्दाखको चारैतर्फ आफ्नो उपस्थिति बढाउँदै लगिरहेको छ।

China Army: Chinese military doubles new recruits' training period ...

यता पूर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेना प्रवेश गरेको आरोप लगाइरहँदा देपसाङ क्षेत्रमा पनि चिनियाँ सेनाले हस्तक्षेप बढाएको भारत सरकारले आरोप लगाएको छ।

भारतीय मिडियाका अनुसार पूर्वी लद्दाखकै दौलत बेग ओल्डी (डीबीओ) हवाई क्षेत्रबाट ३० किलोमिटर तथा देपसाङबाट २१ किलोमिटर टाढा ठूलो संख्यामा चिनियाँ सेनाले उपस्थिति बढाएको छ। यहाँ भएको सैन्य क्याम्पमा चिनियाँ सेनाले गाडी तथा तोप पनि पु¥याइसकेको दावी भारतको छ।

चीनले पेट्रोलिङ प्वाइन्ट– १० र १३ को बीच भारतीय सेनालाई अफ्ठेरोमा पारेको आरोप लगाइएको छ। यो क्षेत्र काराकोरम क्षेत्र हुँदै पाकिस्तान छिर्ने बाटो पनि हो। चीनसँगको तनाव बढेपछि भारतले यो क्षेत्रमा गरिरहेको निर्माण कार्यलाई तत्कालका लागि रोकेको छ।
 

प्रकाशित मिति: : 2020-06-28 09:38:09

प्रतिकृया दिनुहोस्