उच्च छ संस्कृति हाम्रो

पहिचानमा छ नेपाली

एउटै आमाका सन्तान हौं भनि हिँडेछौँ शीर उचाली

कुनै शास्रमा भेदभाव गर्नु के यो

लेखिएको छ र

तर मानिसमानिसको बिच बिस्फोट हुन गयो छुट्याएर जात

नेपाली नै भएता पनि

हे पुर्खौउली किन

छुट्याइल्याको जात..

कर्म भिभाजित्

गरिदिएको हो ईस्वरले

जात छुट्याएको छ मान्छेले

आजको जस्तो युगमा पनि जातलाई

तगारो बनाएको छ मान्छेले

क्षेत्रीको छोरो यो पाउँ छुन्छ

घिनले छुँदैन

मानिस ठूलो दिलले हुन्छ

जातले हुँदैन

लक्ष्मी प्रसादका मुनामदनको

कथाले पनि के असर गरेन यहाँ

अझै किन छुट्याउँछौ जात्

तिनले मान्ने ईश्वर र देवता पनि

तिनै हुन् जुन् तिमी मान्छौ

तर तिनको हातले अन्न स्पर्श हुँदैमा

हेला गरि किन फ्याकिदिन्छौ

धर्मत एउटै हो ब्राम्हण, क्षत्रीय,वैश्य,भएता पनि

परिवर्तित् युगमा किन मन दुखाउँछौ

अझै किन छुट्याउँछौ जात

प्रकाशित मिति: : 2020-06-27 13:50:02

प्रतिकृया दिनुहोस्