हङकङ र मकाउका ८२ नेपाली स्वदेश फर्कदै

हङकङ र मकाउका ८२ नेपाली बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्किएकाे छ। शनिबार बिहान हङकङका १९ र मकाउका ६३ सहित ८२ नेपाली आउन लागेको महावाणिज्य दूतावासले जनाएको छ।

काठमाडौंबाट १५९ जना बोकेर हङकङ गएको जहाज हङकङ र मकाउका नेपाली बोकेर फर्किएकाे हो। कोरोना महामारीका कारण नेपालमा भएको तीन महिना लामो लकडाउनपछि हङकङ र मकाउबाट पहिलो पटक नेपाली फर्कन लागेका हुन्।

शनिबार बिहान ३ः४५ बजे हङकङबाट उड्ने जहाज बिहान करिब ८ बजे काठमाडौंमा अवतरण हुनेछ। मकाउबाट फर्कने नेपाली मकाउका कामदार हुन भने हङकङका नेपाली यहीँका स्थायी बासिन्दा हुन्।

मकाउबाट फर्कन लागेका ६३ जना नेपाली त्यहाँ जागिर सकिएका, विरामी र गर्भवती महिलासमेत रहेको एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले बताए।

नेपाल सरकारले हङकङ–काठमाडौं चार्टर्ड उडानको प्रतिव्यक्ति भाडा ५५० अमेरिकी डलर तोकेको भएपनि हङकङस्थित महावाणिज्य दुतावासले त्यसलाई ४५० डलर कायम गरेको छ। 

उनीहरूको नेपाल जाने एयरलाइन्स भाडासहित सबै खर्च काम गर्ने कम्पनीले नै व्यहोरेको छ।

मकाउबाट ७८ जनाले नेपाल फर्कन दूतावासमा नाम लेखाएका थिए। तीमध्ये ६६ जनाले मात्रै आवश्यक कागजात जुटाएका थिए। तीमध्ये तीन जना कोरोना परीक्षण र व्यक्तिगत कारणले मकाउमै रोकिएका छन्। 
 

प्रकाशित मिति: : 2020-06-27 07:03:40

प्रतिकृया दिनुहोस्