आर्थिक चपेटामा भारतीय सञ्चारमाध्यम, प्रतिष्ठित पत्रिका ‘द हिन्दू’ले निकाल्यो २० पत्रकार

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न संसारमा लकडाउन सुरु गरिएसँगै सबैभन्दा बढी मारमा पत्रकार परेका छन्। 

लकडाउनका कारण थुप्रै पत्रकारको तलब काटिएको छ। कतिपय त बेतलबी काम गरिरहेका छन्। हेर्दाहेर्दै अवस्था यस्तो आयो कि धमाधम प्रतिष्ठित सञ्चारमाध्यमबाट पत्रकारहरु हटाइँदैछन्।

केहीदिन अघिसम्म पत्रकारको तलब काटिएका, बेतलबी बसाएका र हटाउन लागेका समाचारहरु नेपालमै पढ्न र सुन्न पाइन्थ्यो। तर अहिले याे खबर छिमेकी राष्ट्र भारत पनि सुन्न पाइन्छ। पत्रकारिताबाटै दुनियाँलाई थला पार्ने भारतीय संञ्चारमाध्यम यतिबेला आर्थिक मारमा कारण आफ्नै पत्रकारहरुलाई थला पार्न थालेका छन्।

भारतकै प्रतिष्ठित अंग्रेजी पत्रिका ‘द हिन्दू’मा कार्यरत २० जना पत्रकारहरु निकालिएको समाचारले दक्षिण एसियाको सञ्चार जगत तातिएको छ। मुम्बई ब्यूरोमा काम गरिरहेका पत्रकारहरुलाई राजीनामा गर्न र सम्पादकीय जिम्मेवारी घटाउन ब्यबस्थान पक्षले निर्देशन दिएको ‘द वायर’ले जनाएको छ।

१ सय ४२ वर्ष पुरानो ‘द हिन्दू’ पत्रिकाले ‘मुम्बई संस्करण’ सन् २०१५ देखि चर्चगेटबाट सुरु गरेको थियो। यहाँ करिब दुई दर्जन बढी पत्रकारहरु कार्यरत रहेको बताइएको छ। ‘मुम्बई संस्करण’मा काम गरिरहेका पत्रकारहरुले महाराष्ट्र राज्यको समेत रिर्पोटिङ गर्थे।

श्रमजीवि पत्रकारहरु निकाल्ने ‘द हिन्दू’ भने एक्लो पत्रिका होइन। अर्को अंग्रेजी पत्रिका ‘इकोनोमिक टाइम्स’ले पनि लकडाउन समयभित्रै बिभिन्न ब्यूरोमा काम गरिरहेका पत्रकारहरु तह लगाइसकेको छ।

सञ्चार सबैभन्दा ठुलो समूह ‘टाइम्स अफ इण्डिया’ले पनि केही संस्करणहरू आर्थिक मारकै कारण बन्द गरेको छ। ‘सकाल टाइम्स’को मराठी छापा संस्करण बजारमा आउन सकिरहेको छैन। पत्रिका नै बन्द भएपनि कार्यरत ५० बढी कर्मचारीहरू निकालिएका छन्।

यसैगरी अंग्रेजी पत्रिका ‘टेलिग्राफ’ले २ ब्यूरो बन्द गरेपछि लगभग ५० कर्माचारीले राजीनामा दिएर घरमै बस्न थाले। ‘हिन्दुस्तान टाइम्स समूह’ले पनि १ सय ५० कर्मचारी हटाएको छ। 

डिजिटल मीडिया संस्थान ‘द क्विन्ट’ले आफ्ना धेरै कर्माचारीहरूलाई बेतलबी बिदामा पठाएको छ। भारतीय सञ्चार जगतमा कार्यरत पत्रकारहरुको अशुभ समाचार अलभग नेपाली सञ्चारमाध्यमहरुको घर–आँगनसम्म पुग्नै आटेको छ।

 कोरोनाले अर्थतन्त्र धोस्त बनाएपछि सञ्चारमाध्यमका मालिकहरु महामारी कै बेला श्रमजीविलाई घर न घाटको बनाउँदैछन्।

प्रकाशित मिति: : 2020-06-25 17:47:50

प्रतिकृया दिनुहोस्