काठमाडौं महानगरपालिका बजेट : १६ अर्ब ४२ करोड ७३ लाख

काठमाडाैं महानगरपालिकाको १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। 

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार काठमाडौंमा आयोजित बजेट नगरसभाको सातौँ अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब २ अर्ब बढाएर बजेट ल्याएको छ।

महानगरपालिकाले कुल बजेटको ११ प्रतिशत कार्यालय संचालन तथा प्रशासनिक खर्चमा विनियोजन गरेको छ। बजेटको साढ ५१ प्रतिशत बजेट पूर्वाधार विकासका कार्यक्रममा खर्च हुनेछ। आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन भएको छ। काठमाडाैं महानगरपालिकाले पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ। 

सामाजिक बिकास क्षेत्रका लागि महानगरले २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ। सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु. ९६ करोड ३० लाख बजेट विनियोजन भएको छ। शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरेको छ 

काठमाडौं महानगरपालिकाको आगामी आवका लागि अन्तरिक श्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ। आन्तरिक स्रोत अन्तर्गत बहाल करबाट १ अर्ब ५० करोड असुल हुने महानगरपालिकाको अपेक्षा छ। सम्पत्ति करबाट ८० करोड उठ्ने अनुमान गरिएको छ।

व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ। शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिइएको छ। 

कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ। महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत असुल हुने अपेक्षा गरेको छ।

बाहृय श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदान बाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण महानगरपालिकाले गरेको छ। यसबाट पनि अपुग हुने ३ अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-06-24 16:27:13

प्रतिकृया दिनुहोस्