कोरोनासँग जुध्‍न हुम्लाका सबै स्थानीय निकायलाई स्वास्थ्य सामाग्री सहयोग

मनघरी फाउन्डेसनले हुम्लाका विभिन्न स्थानीय निकायलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच  आनी छोइङ्ग डोल्मा फाउण्डेसन काठमाडौं, प्रारम्भ सामाजिक संस्था ललितपुर, रैका टुर्स एण्ड ट्राभल्स काठमाडौं, सिंगापुर रेडक्रस सोसाइटीलगायतका संस्थाको सहयोगमा फाउण्डेशनका सल्लाहकार एवं बरिष्ठ पर्यटन ब्यवसायी अमर शाही र गायीका आनी छोइङ डोल्माले सभासद रगमति शाहीलाई हस्तान्तरण गरेका हुन्।

हुम्ला का सबै गाउँपालिकाका लागि दिइएको सामग्रीमा पीपीई सेट ३० थान, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसल सिट, २० थान फस्ट एड किट र प्रत्येक गाँउपालिकाको लागि ७० थान साबुनलगायतका सामग्री रहेको रैका टुर्सका प्रबन्ध निर्देशकसमेत रहेका अमरबहादुर शाहीले बताए। ‘अहिले देशभर काेरनाले आक्रन्त छ, याे सानाे सहयाेगले पनि हुम्लामा केही राहत हुनेछ भन्ने हामीले बिश्वास लिएका छाै’, आवश्यक परे फेरि पनि सहयोग गर्न सकिने शाहीले जनाए।

मनघरी फाउण्डेशनको अगुवाई तथा विभिन्न सामाजिक संस्थाको सहकार्य र फोटोग्राफर देबेन्द्र शाहीको प्रत्यक्ष पहलमा उक्त सामाग्रीहरू हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

यी सामाग्रीले हुम्ली जनताको लागि ठूलो सहयोग पुग्ने सभासद शाहीले बताइन्। उनले अति दुर्गम तथा पिछडीएको जिल्लााई सम्झिएकोमा फाउण्डेशनलाई धन्यवाद समेत दिइन्।

कार्यक्रमका गायीका एवं आनी छोइङ डोल्मा फाउण्डेशकी अध्यक्ष आनी छोइङ डोल्माले सामाग्री कति छ भन्नुभन्दा मन नै ठुलो कुरा भएको बताइन्।

हुम्ला जिल्लामा सहयोग गर्न पाएकोमा आफूहरू निकै खुसी भएको प्रारन्भ सामाजिक संस्थाकी अध्यक्ष कल्पना क्षेत्री बताइन्।

प्रारम्भ सामाजिक संस्थाका प्रोजेक्ट निर्दशक बद्री राज तिमिल्सिनाले अहिले देशभर आफूहरु क्रियाशिल रहेको भन्दै विशेष गरी कर्णाली क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए।

फाउण्डेशनले यसअघि पनि डोल्पा तथा दैलेखका सबै स्थानीय तह तथा डोटीका दुई स्थानीय तहमा बिभिन्न संघसस्थासँग सहकार्य गरेर स्वास्थ्य सामाग्री पठाईसकेको बताउँदै मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले यस्तो सहयोग जारी राख्ने बताए।

प्रकाशित मिति: : 2020-06-23 23:07:34

प्रतिकृया दिनुहोस्