कलाकार सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि बलिउडमा उठेको परिवारवादको मुद्धा झन् बढी गहिरो बन्दै गइरहेको छ। सोसल मिडियामा जहाँ चर्चित प्रोडक्सन हाउसहरूविरूद्ध सर्वसाधारण आक्रामक देखिएका छन्, त्यही स्टार कलाकारका छोराछोरी चौतर्फी घेराबन्दीमा परेका छन्।
यस्ता स्टार कलाकारका छोराछोरी (स्टार किड्स) को पोस्टमा सुशान्तको आत्महत्याको कारण उनीहरू भएको आरोप समेत लगाइएको छ।
घटनाको गर्भियता बढ्दै गएपछि थुप्रै स्टार कलाकारले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट्स सेक्सन सर्वसाधारणका लागि लक गरेका छन्।
यस्तो गर्नेमा करन जौहर, आलिया भट्ट, करिना कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, अनन्या पाण्डे र शाहरुख खानको छोरी सुहाना रहेका छन्।
अब यी कलाकारको पोस्टमा उनीहरूको नजिकका साथीले मात्र कमेन्ट गर्न सक्छन्। सबैभन्दा पहिले कमेन्ट्स सेक्सन सोनम कपुरले लक गरेकी थिइन। सुशान्तको निधनमा सोनमले श्रद्धाञ्जली पोस्ट गरेकी मात्र के थिइन, सोसल मिडिया प्रयोगकर्ताले ‘कफि विथ करन’ को एउटा शृंखलामा उनले सुशान्तको मजाक उडाएको दृश्य पोस्ट गरिदिएका थिए। जसमा उनले सुशान्तलाई आफूले नचिन्ने प्रतिक्रिया दिएकी थिइन।
उनले सुशान्तको निधनमा एउटा वक्तब्य पनि सार्वजनिक गरेकी थिइन। जसमा लेखेकी थिइन– कसैको निधनमा उसको गर्लफ्रेन्ड, पूर्व गर्लफ्रेन्ड, परिवार, साथीहरूलाई दोस दिनु हुँदैन। उनको यो भनाईविरूद्ध पनि निकै ट्रोल भएको थियो। जसका कारण उनले आफ्नो कमेन्ट्स सेक्सन लक गरिदिइन्।
उनले कमेन्ट्स सेक्सन लक गर्नुको कारण पनि खुलाएकी छिन् र भनेकी थिइन, ‘साथीहरू साधारणतया म घृणा र नकरात्मकताबाट डराएर भाग्दिन्। किनभने मलाई यस्तो मानिस देख्दा दया लाग्छ, जसको मुटुमा निकै घृणा जमेर बसेको हुन्छ। यो मेरो लागिभन्दा पनि उनीहरूका लागि घाटा हुने गर्छ। तर, यो मेरो परिवार र साथीप्रति लक्षित छ। मलाई थाहा छ, पैसा खर्चिएर एउटा मुद्धा बनाउने अभियानअन्तर्गत यो काम भइरहेको छ।
अहिले, सीमामा ज्यान गुमाउने र लकडाउनबाट प्रभावितहरूको विषयमा कुरा गर्ने समय हो। त्यसैले म आफ्नो कमेन्ट्स बन्द गर्दैछु।’
बलिउडमा हावी परिवारबादको मुद्धा प्रखररूपमा कंगना रनोटले उठाइरहेकी छिन्। १४ जुनमा डिप्रेशनका कारण सुशान्त मुम्बईमा आत्महत्या गरेको अवस्थामा फेला परे।
कंगनाले यसका लागि परिवारबादलाई दोषी ठहर गरिन्। उनको कुरामा सहमति जनाउँदै शेखर कपु, अनुभव कश्यम, अभय देवल, कोएना मित्रा, रवीना टण्डनले पनि आवाज उठाए।
खासमा करन जौहर, आदित्य चोपडा, एकता कपुर, सञ्जय लीला भन्साली, सलमान र साजिद नाडियावाला जस्ता व्यक्तिलाई परिवारवाद र ग्रुपिज्म गरेको आरोप लागेको थियो।
यो मुद्धा अगाडि बढेपछि करनले ८ जना (अमिताभ बच्चन, अक्षय कुमार, शाहरुख खान, नरेन्द्र मोदी र ४ अफिसका सदस्य) छोडेर अरु सबैलाई अनफलो गरेका थिए। यसपछि सलमानको समूहमा रहेकी सोनाक्षी सिन्हाले आफ्नो ट्वीट डिलिट गरिन्।