'डग फादर' प्रनव

सेतोपाटी

काठमाडौँ

अनुषा अधिकारी

सूजीको घरका सबै सदस्य जागिरे छन्। उसलाई समय दिने फुर्सद कसैलाई थिएन। यसकारण न्यास्रिएको सूजीलाई 'आमा'ले बोर्डिङ स्कुल राखिदिइन्। 

तीन वर्षीय सूजी सुरूमा आत्तिएको थियो। अचेल बोर्डिङमै रमाउँछ। नयाँ खेलौना र साथीसँग खुला चौरमा खेल्न पाउँछ। दिनमा तीनपटक मिठो खानपिन। मौसमअनुसार चिसो-तातोमा सुत्न पाइने। अनि बोर्डिङका कर्मचारीको माया।

सूर्यविनायकस्थित 'पज–प्ले एन्ड स्टे' नामको डग बोर्डिङ स्कुलमा दंग परिरहेको सूजी, कुकुर हो। 

'यहाँ यति चकचक र रमाइलो गरेर बसिरहेको छ, घर फर्कियो भने निराश हुन्छ होला,' पज–प्ले एन्ड स्टेका सञ्चालक प्रनव जोशीले हाँस्दै भने।

प्रकाशित मिति: : 2020-06-23 09:29:39

प्रतिकृया दिनुहोस्