आणविक शक्तिसम्पन्न एशियाका दुई छिमेकी मुलुकहरु चीन र भारत यतिखेर ठूलो कुटनीतिक र सैन्य तनावमा छ । यो स्थिति विगत चालीस वर्षपछि हिंस्रक सीमा झड्पपछि पैदा भएको हो ।
चीन र भारतबीच विवादित लद्दाख क्षेत्रको गलवान उपत्यकामा, हिमाली क्षेत्रको वास्तविक नियन्त्रण रेखा (Line of Actual Control (LAC)) मा जुन १५ मा भएको उक्त घटनामा २० भारतीय सैनिकहरुको निधन भएको थियो । चीनले आफ्नो तर्फ भएको हताहतीको औपचारिक घोषणा गरेको छैन ।