एउटा मुख्य कमी जसकारण चीनसँग युद्ध गर्न डराइरहेको छ भारत !

लोकान्तर

काठमाडौँ
विन्देश दहाल

भारत र चीनबीच लद्दाखमा चलिरहेको सीमाविवाद हिंस्रक भिडन्तमा परिणत भएपछि युद्ध चर्किने आशंका गरिएको छ तर परिस्थितिलाई मत्थर पार्न वार्ता पनि भइरहेका छन् । दुई देशबीच सैन्य स्तरमा वार्ता चलिरहेको छ भने रुसले समेत यी दुई देशबीच कुराकानीका लागि पहल गरिरहेको छ ।

त्यसो त भारतसँग वार्ता गर्नुको विकल्प छैन किनकि भारतीय सैन्यबल र हातहतियार चीनको तुलनामा निकै कमजोर छ । गलवानमा भएको भिडन्तमा भारतका २० सैनिक मारिए । चीनतर्फ भने कुनै हताहती नभएको र पाँचजना सैनिक घाइते भएको बताइएको छ यद्यपि त्यो आधिकारिक विवरण चाहिँ हैन ।

प्रकाशित मिति: : 2020-06-21 12:32:43

प्रतिकृया दिनुहोस्