राहुलको प्रधानमन्त्री मोदीलाई प्रश्नः हाम्रो सेनाको हत्या गर्ने हिम्मत चिनियाँ सेनाले कसरी पायो? (भिडियाे)

भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले पूर्वी लद्दाखको गलवान उपत्यकामा मारिएका २० भारतीय सेनालाई बिना हतियार किन जान दिएको भन्दै सरकारमाथि बिहीबार पुनः प्रश्न उठाएका छन्।

उनले चिनियाँ सेनाबाट मारिएका आफ्ना सेनालाई खाली हात किन पठाएको भन्दै सरकारको कटु आलोचना गरेका हुन्। 

उनले पूर्व सैन्य अधिकारीसँगको साक्षात्कार उल्लेख गर्दै ट्वीटमा लेखेका छन्, ‘चीनको आत्मबल किन बढ्यो, उनीहरूले हाम्रो हतियार बिहिन सैनिकलाई मारे? हाम्रो सेनालाई शहिद बन्नका लागि किन हतियार नदिई पठाइयो?’

उनले बुधबार पनि यो विषयमा सरकारसँग प्रश्न गरेका थिए– ‘प्रधानमन्त्री किन चुप छन्रु उनी किन लुकिरहेका छन्? अब अति भयो। हामी सबैले यो थाहा पाउने अधिकार हो।’ 

उनले भारतीय सैनिकको हत्या गर्ने चीनले कसरी भारतीय भूमि हत्याउने हिम्मत गर्‍यो भन्दै प्रश्न उठाए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नै राष्ट्रको नाममा सन्देश दिँदै शहिद जवानहरूको बलिदान खेर नजाने बताएका थिए।

प्रकाशित मिति: : 2020-06-18 18:31:51

प्रतिकृया दिनुहोस्