अन्तर्राष्ट्रिय रिपोर्टअनुसार भारतभन्दा पाकिस्तान र चीनसँग सर्वाधिक जैविक हतियार

स्टोकहोल्म अन्तर्राष्ट्रिय पिस रिसर्च सेन्टर (सीईपीरी) ले सार्वजनिक गरेको बार्षिक रिपोर्टमा भारतभन्दा पाकिस्तान र चीनको जैविक हतियार धेरै बढी भएको बताइएको छ। 

सीईपीरीले २०२० को रिपोर्ट सार्वजनिक गर्ने क्रममा भारतले गत वर्ष १३० बाट १ सय ५० सम्म जैविक हतियारको क्षमता बढाएको बताएको छ। तर, उसले पाकिस्तानको १ सय ६० भन्दा भारतको अझै कमि भएको खुलासा गरेको छ। तर, उसले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी हुन सक्ने बताएको छ।

‘भारत र पाकिस्तान सरकारले मिसाईल टेस्ट गरेर सार्वजनिक गरेको रिपोर्टअनुसार यो तथ्यांक निकालिएको हो। तर, उनीहरूले आफ्नो सम्पूर्ण सैन्य हतियारको विषयमा जानकारी उपलब्ध गराएका छैन’, स्टोकहोल्मको थिंक ट्याकले तयार पारेको रिपोर्टमा भनिएको छ। 

जैविक हतियार भएको देशहरूमा पाकिस्तान छैटौं नम्बरमा पर्छ। रिपोर्टमा चीनसँग ३ सय २० जैबिक हतियार रहेको बताइएको छ। जुन भारतभन्दा दोब्बर हो। उसले हतियार बनाउने कार्यमा थप लगानी गरेको छ।

‘९ वटा देश– अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजराइल र उत्तर कोरिया सँग गरेर १३ हजार ४ सय जैविक हतियार छ,’ रिपोर्टमा भनिएको छ। भारतले पछिल्लो समय ७१ दशमलव १ बिलियन डलर हतियारमा लगानी गरेको थियो, जुन हतियार खरिदमा तेस्रो ठूलो लगानी हो।
 

प्रकाशित मिति: : 2020-06-18 14:47:21

प्रतिकृया दिनुहोस्