भारी वर्षासँगै बाढी पहिरोको खतरा, सतर्क रहन महाशाखाको आह्वान

मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भू-भागमा केही दिनयता वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ ।

दिउँसोसम्म हवाइ उडानदेखि सडक यातायात नै प्रभावित हुने गरीको भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

महाशाखाले तीन दिनको पूर्वानुमानसहित जारी गरेको बुलेटिनमा प्रदेश १, २ र बागमती प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका नदीमा पानी वहाव बढ्ने र पहिरो जाने पनि जोखिम रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

महाशाखाका अनुसार अहिले नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावले देशभर नै सामान्य बदलीको अवस्था छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का केही स्थानहरूमा सामान्य वदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने र सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: : 2020-06-17 08:42:28

प्रतिकृया दिनुहोस्