२ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दायर

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध  गैरकानुनी आर्जन (सम्पत्ति शुद्धिकरण) गरेको अभियोगमा मुद्दा दायर गरेको छ। विभागले श्रेष्ठले २ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको जनाएको छ। 

विभागले योगेन्द्रकी पत्नी गीता, छोराहरु उत्सव, गौरव र सौरभ श्रेष्ठविरुद्ध समेत सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाएको छ। योगेन्द्र कम्पनी स्थापनाकालदेखि २०६८ सालसम्म शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा कार्यकारी अध्यक्ष थिए। 

श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा बचत भएको रकम हिसाब नदेखाई व्यक्तिको नाममा प्रयोग गरेको आरोपमा बैंकिङ कसुरको मुद्दासमेत खेपेका थिए।

प्रकाशित मिति: : 2020-06-16 18:49:15

प्रतिकृया दिनुहोस्