दिल्लीका स्वास्थ्यमन्त्री अस्पताल भर्ना, कोरोना परीक्षण हुँदै

बिएल संवाददाता

नयाँ दिल्ली

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई अस्पतालमा भर्ना गरिएको छ।  

उच्च ज्वरो र सास फेर्न समस्या भएका कारण उनलाई राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको हो।

मंगलबार उनको कोरोना परीक्षण गरिने बताइएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्येन्द्र जैनको स्वास्थ्यको विषयमा ट्वीट गरेका छन्। 

उनले लेखेका छन्, ‘आफ्नो स्वास्थ्यको ख्याल नै नगरी २४ सै घण्टा जनताको सेवामा लागिरहनुभयो। आफ्नो ख्याल राख्नुहोला, चाँडै स्वस्थ हुनुहोस्।’

प्रकाशित मिति: : 2020-06-16 12:56:37

प्रतिकृया दिनुहोस्