विरामी कि बहाना? ओली अस्वस्थ भन्दै कतिपटक भयो सचिवालय बैठक प्रभावित?

पहिलोपोष्ट

काठमाडौं

गएको आइतवारका लागि डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलय बैठक अन्तिम समयमा स्थगित भयो। सचिवालय सदस्यहरु बैठकका लागि निवासबाट निस्किने तयारीमा थिए। ४ बजेका लागि बोलाइएको बैठक नबस्ने जानकारी ३ बजेमात्रै गरिएको थियो। बैठक स्थगित हुनुबारे सचिवालय सदस्यहरुबाट फरक - फरक तर्क सुनियो।

केही सदस्यहरुले भने प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले बैठक स्थगित भएको जानकारी पाएका थिए। नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता तथा नारायणकाजी श्रेष्ठ दुवैले प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले बैठक स्थगित भएको बताएका थिउ। तर, प्रधानमन्त्री अवस्थ भएको भन्नेबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनभिज्ञता प्रकट गरे। अर्को बैठक कहिले भन्ने तय भएको छैन।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएपछि बैठकहरु प्रभावित हुँदै आएका छन्। अस्वस्थ रहेको भन्दै बैठक प्रभावित हुने बाँकी काममा भने प्रधानमन्त्री दुरुस्त भएर सहभागी हुने गरेका छन्। बैठक छल्न विरामी भए पनि प्रधानमन्त्री ओली आफू कमजोर छु भन्ने चाहिँ फिटिक्कै देखाउन चाहन्नन्।

प्रकाशित मिति: : 2020-06-16 08:31:05

प्रतिकृया दिनुहोस्