विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८० लाख नाघ्यो

विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो।

कोभिड–१९ का कारण विश्वभर अहिलेसम्म चार लाख ३६ हजार भन्दा बढी मानिसको ज्यान गइरहेको छ।

सबैभन्दा बढी अमेरिकामा हालसम्म संक्रमितको संख्या २१ लाख १३ हजार भन्दा बढी पुगेको छ।

अमेरिकामा कोभिड–१९ बाट अहिलेसम्म एक लाख १६ हजार भन्दा बढीको ज्यान गएको छ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या ८ लाख ८८ हजार भन्दा बढीमा संक्रमित पुगेका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ४३ हजार ९ सय भन्दा बढी रहेको छ।
 

प्रकाशित मिति: : 2020-06-16 08:12:18

प्रतिकृया दिनुहोस्