कर्णालीमा कोरोना संक्रमणको बढ्दो ग्राफ, एक हजार बढी संक्रमित

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। सोमवार थप एक सय १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ७७ पुगेको हो। 

प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीका अनुसार सोमवार गरिएको आरटी/पीसीआर परीक्षणमा दैलेखका ९१ जना र सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म प्रदेशका १ सय ५१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ।
 

प्रकाशित मिति: : 2020-06-15 16:07:10

प्रतिकृया दिनुहोस्