सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने समाजवादीकाे तयारी

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ। 

नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको पार्टीका एक नेताले बताए।

उनले पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकारी संसदलाई गराइने बताए।

‘हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं। तर, उहाँले पार्टीको निर्देशन मान्नुभएन, उनले भने, ‘ दुई शीर्ष नेता (उपेन्द्र यादव र डा बाबुराम भट्टराई) आउनु भएपछि प्रक्रिया आगाडि बढाछौं।’

समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन्।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि पूरै देश एकढिक्का हुँदा पनि सरिता गिरी भने भारतको समर्थन गरिरहेकी थिइन्। 

प्रकाशित मिति: : 2020-06-15 10:31:58

प्रतिकृया दिनुहोस्