जसले विकट भोटेनाम्लाङका छात्राहरुलाई जोडे फुटबलबाट...

काठमाडौंमै जन्मिए, यतै बढे, यतै पढे-मिङ्मा तेन्जिङ केसी। तर, पेशा सम्हालन पुगे सिन्धुपाल्चोकको विकट गाउँ भोटेनाम्लाङ।

शिक्षक बन्छु भन्ने सोचेका पनि थिएनन्, मिङ्माले। तर, भइदियो त्यही।

इङ्ग्ल्यान्डका लेखक आरआई फिट्ज हेनरीले भनेका छन् : अनिश्चितता र रहस्य जीवनका शक्तिहरु हुन्।

त्यस्तै अनिश्चितताले डोर्‍याएपछि मिङ्माले जीवनका धेरै रहस्यहरु बुझ्ने अवसर पाए। काठमाडौंको निजी स्कुल कलेजमा पढेका मिङमा 'टिच फर नेपाल' को माध्यमबाट पुगे भोटेनाम्लाङ।

टिच फर नेपालले युनिभर्सिटी ग्राजुएटहरुलाई विभिन्न जिल्लामा शिक्षणका लागि पठाउँछन्। सामुदायिक विद्यालको शैक्षिक गुणस्तर सुधार्ने संस्थाको लक्ष्य।

+++

ब्याचलर इन सोसल वर्क(बिएसडब्लु)सकेपछि २ वर्षअघि सिन्धुपाल्चोक पुगेका २५ वर्षे मिङमालाई मास्टर्स गर्न ढिला भएकोमा पछुतो छैन। भन्छन्, 'यो बीचमा मैले जति नयाँ कुरा सिकेँ। सायद मास्टर्स पढेको भए सिक्न पाउने थिइनँ।'

प्रकाशित मिति: : 2020-06-15 07:35:45

प्रतिकृया दिनुहोस्