बङ्गलादेशमा कोराेना संक्रमितकाे संख्या ८७ हजार, मृतक १७१ पुगे

बङ्गलादेशमा कोरोना संक्रमितको संख्या आइतबार ८७ हजार पुगेको  स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ। बङ्गलादेशमा दैनिक तीन हजारभन्दा बढीको दरले सङ्क्रमण फैलिएको मन्त्रालयका उच्च अधिकारी नसिमा सुल्तनाले बताए।

उनका अनुसार विगत २४ घण्टामा तीन हजार १४१ जना संक्रमित भएका छन्।

सुल्तनाले पत्रकार सम्मेलनमा भने, ‘अहिलेसम्म बङ्गलादेशमा मृत्यु हुनेको संख्या ८७ हजार ५२० पुगेको छ भने एक हजार १७१ रहेको छ। विगत २४ घण्टामा २७ पुरूष र पाँच महिला गरी ३२ संक्रमितको मृत्यु भएको छ।’

बङ्गलादेश विगत २४ घण्टाको अवधिमा १४ हजार ५०५ जनाको कोभिड–१९ परीक्षण भएको थियो। यो समयमा ९०३ जना निको भै अस्पताल र क्लिनिकबाट घर फर्किएका छन्। योसँगै अहिलेसम्म निको हुनेको संख्या १८ हजार ७३० पुगेको छ।

प्रकाशित मिति: : 2020-06-14 20:20:25

प्रतिकृया दिनुहोस्