कोरोना परीक्षण दायरा बढाउन सरकारले निजी क्षेत्रलाई पनि पीसीआर परीक्षणको अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अबदेखि आवश्यक मापदण्ड पूरा गरेका निजी स्वास्थ्य संस्थालाई पनि कोरोना परीक्षण गर्न दिइने भएको छ ।
त्यसका लागि लाग्ने सबै खर्च नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवहोर्ने डा. गौतमले बताए ।
त्यसैगरी, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन, वीर र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामाबाट गर्न सकिने व्यवस्था समेत गरेको जानकारी दिए ।